संसद बैठकमा सकस, महाअभियोग प्रस्तावबारे फेरि विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

संसद बैठकमा सकस, महाअभियोग प्रस्तावबारे फेरि विवाद

आज व्यवस्थापिका संसदको बैठक बस्दै, महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउने वा रोक्ने भन्नेमा दलहरु नै अलमलमा

संसद बैठकमा सकस

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउने वा रोक्ने भन्नेमा दलहरु अलमलमा परेका छन् । 

आज बस्ने व्यवस्थापिका संसदको बैठकमा प्रस्ताव अघि बढाउने कि रोक्ने भन्नेमा सत्तारुढ दलहरु न्ै अलमलमा परेका हुन् ।

एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।

संसद सचिवालयका अुनसार सभामुख ओनसरी घर्तीले छलफल गरेपछि मात्र आजको बैठकको कार्यसूची तय गर्ने तयारी गर्नुभएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । आजको बैठकमा कुन कार्यसुचिमा छलफल गर्ने भन्नेबारेमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);