बारामा चुनावी सरगर्मी बढ्दो, उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

श्याम गुप्ता, बारा, २० कार्तिक । प्रदेश र प्रतिनिभिसभा निर्वाचन नजिकिएसंगै बारामा पनि चुनावी सरगर्मी बढेको छ । देशलाई अर्थिक समृद्धि बनाउने नारा सहित उम्मेदवारहरु चुनावी प्रचारमा जुटेका छन् ।

प्रतिनिधिसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको बारामा लोकतान्त्रीक र वाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार सुरु गरेका छन् । अधिाकरको लडाइ सकिएको भन्दै उनीहरुले विकासका नारा लिएर जनताको घर दैलोमा भोट माग्न पुगेका छन् ।

नेताहरु चुनावको समयमा घर घरमा मत माग्न आउने तर निर्वाचनपछि मुख नदेखाउने गरेको भन्दै मतदाताले उम्मेदवारसँग प्रतिवद्धता मागेका छन् । विगतमा जनताको भावना अनुसार काम गर्न नसकेको स्विकार गर्दे आगामी दिनमा विकासका कामलाई प्राथमिकता दिने उम्मेदवारहरु बताउछन् ।

तराइमा व्यप्त गरिबी, अशिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माणमा पछाडी परेको भन्दै उम्मेदवारहरुले सबै समस्या समाधान गर्न मतदातासँग हातेमालो गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघिका निर्वाचनमा पनि उम्मेदवारहरुले विकास र समृद्धिका आश्वासन नदिएका हैनन् तर चुनाव जितेपछि प्रतिवद्धता पूरा नभएपछि मतदताहरु सशंकित छन् । त्यसैले उम्मेदवारहरुले चुनाव जित्न मात्र हैन मतदातको मन जित्नेगरि काम गरेर देखाउनु आवश्यक छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);