प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । मंगलबार दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाईटिसको शल्यक्रिया गर्नु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताउनु भयो ।

उहाँले संक्रमण हुन नदिन प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै चिकित्सकहरुको निगरानी राख्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले उहाँको स्वास्थ्यमा अरु पूराना कुनै पनि रोगको समस्या नभएको पनि स्पष्ट पार्नु भयो । अहिले प्रधानमन्त्री ओली सघन उपचार कक्षमा चिकित्सकहरुको निगरानी हुनुहुन्छ ।

मंगलबार विहान प्रधानमन्त्री ओलीलाई पेट दुखेपछि अस्पताल लगिएको थियो । प्रधानमन्त्री ओलीको चिकित्सकहरु अरुण सायमी, रमेशसिंह भण्डारी, दिव्या सिंहलगायतका चिकित्सकहरुले एपेन्डिसाईटिसको शल्यक्रिया गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);