मधेशको विकासमा लागिपर्ने प्रचण्डको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मधेशको विकासमा लागिपर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं, १० मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मधेशको विकासमा आफू लागि पर्ने बताउनुभएको छ । नेकपा प्रदेश नम्बर दुईले मंगलवार बाराको निजगढमा गरेको जनसभामा बोल्दै अध्यक्ष दाहालले मधेशका जनताले दुखकष्ट भोग्नु नपर्ने गरी मधेशको बिकासमा ध्यान केन्द्रित गर्ने उल्लेख गर्नुभयो ।

उहाँले मधेशमा बिकास निर्माणमा काममा ढिलाई भए आफू त्यसबिरुद्ध जनतासंग मिलेर आन्दोलन गर्न पछि नहट्ने पनि बताउनुभयो ।

यसैगरी कार्यक्रमा उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडाैं–तराई द्रुतमार्गको काम तिव्र गतिमा भईरहेको बताउनुभयो । उहाँले बाराको नीजगढमा बन्ने नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास चाडै गरिने उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);