प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको गत हप्ता महाराजगञ्जस्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको सम्पूर्ण स्वास्थ्य सूचक सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री आलीले यस अघि जस्तै नियमित खानपान र व्यायाम गरिरहनु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्काले जानकारी दिनु भयो ।

समीक्षा संग्रौला डिस्चार्ज
प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्ने उहाँकी भाञ्जी समीक्षा संग्रौलालाई भने बुधवार डिस्चार्ज गरिएको छ । डिस्चार्ज हुनुअघि संग्रौलाले प्रधानमन्त्री ओलीसंग भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको यसअघि २०६४ सालमा भारतमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);