सरकार भ्रष्टाचारले डुङडुङ गन्हायो : पशुपति शमशेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकार भ्रष्टाचारले डुङडुङ गन्हायो : पशुपति शमशेर

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जवराले इतिहासकै शक्तिशाली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकता घोषणासभामा बोल्दै अध्यक्ष राणाले बहुदलिय कालमा जनताले भारी बहुमत दिएपनि अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सरकार बहुदलिय परिपाटीको इतिहासमा सबैभन्दा शक्तिशाली सरकार छ । नेपाली जनताले सरकारलाई भारी बहुमत दिए । त्यो सरह अरु कसैले बहुमत बहुदलिय कालमा प्राप्त गरेको थिएन् । त्यो बहुमत प्राप्त सरकारले ठूलो काम गर्छ । विकासको क्षेत्रमा कायापलट गर्छ भन्ने नेपाली जनताको आश र भरोसा थियो । तर त्यसको प्रतिकुल सरकारले २ वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चियो ।’ सिंहदरबारको अधिकार गाउँगाउँमा पु-याउने नारा दिएपनि अहिलेको सरकार भ्रष्टाचारले डुङडुङ गन्हाएको उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले न्यायालयलाई पार्टीको भर्तिकेन्द्र बनाएर जनतालाई कानूनी शासन पाउनु भनेको ‘कागले बेल पाकेको हे¥या जस्तै भयो’, भन्दै टिप्पणी गर्नुभयो । उहाँले पार्टी एक भएर अगाडी बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको समेत बताउनुभयो । पार्टी एकता गरेर लामो यात्राको सुरुवात भएको उल्लेख गर्दै उहाँले अहिलेका पार्टीहरुले गर्न नसकेका काम राप्रपाले गर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);