सरकार प्रतिगमनतिर गएको लोहनीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकार प्रतिगमनतिर गएको लोहनीको आरोप

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको सरकार प्रतिगमनतिर गएको आरोप लगाउनुभएको छ ।

पार्टीको एकता घोषणासभामा बोल्दै अध्यक्ष लाहोनीले जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गर्दै सरकार प्रतिगमनतिर गएको आरोप लगाउनुभएको हो ।

‘अहिलेको सरकारले त्यसलाई दुरुपयोग गरेर, त्यसलाई लुटेर त्यसमा शोषण गर्ने त्यो आर्थिक प्रतिगमन हो । त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर मान्छेलाई बोल्न नदिने प्रयास भएको छ त्यो राजनीतिक प्रतिगमन हो’, उहाँले भन्नुभयो ।

अध्यक्ष लोहोनीले नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको उहाँले बताउनुभयो ।

अध्यक्ष लोहोनीले हिन्दु धर्मका नाममा भएका विकृतिहरु निर्मुल पार्न पार्टी एकता गरिएको बताउनुभयो । हिन्दु धर्मका नाममा जात, छुवाछुत, को तल को माथि भन्ने विकृतिहरु फैलिएको भन्दै त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);