सरकार वृहत्तर लुम्बिनीको अवधारणाकासाथ अघि बढेको छ : मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सरकार वृहत्तर लुम्बिनीको अवधारणाकासाथ अघि बढेको छ : मन्त्री भट्टराई

lumbini bikash kosh-yogesh bhattarai

काठमाडौं, २८ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकार वृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडी बढेको बताउनुभएको छ ।

बुधबार लुम्बिनी विकास कोष परिषदको बैठकमा मन्त्री भट्टराईले लुम्बिनी क्षेत्रका स्थानीयहरुको आर्थिक र सामाजिक स्तर उकास्न वृहत्तर लुम्बिनीको अवधारणाका साथ सरकार अघि बढेको बताउनु भएको हो ।

मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीले त्यस क्षेत्रको पर्यटन व्यवसाय र कृषि उत्पादनमा बृद्धी गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी क्षेत्रको विकास निर्माण, उत्खनन र त्यसलाई एक अर्कासँग जोड्ने काम द्रुत गतिमा अगाडी बढ्ने मन्त्री भट्टराईको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);