बहुदलीय व्यवस्था र गणतन्त्रमा भन्दा पञ्चायतकालमा राजनीतिक स्थिरता : पशुपति शमशेर राणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बहुदलीय व्यवस्था र गणतन्त्रमा भन्दा पञ्चायतकालमा राजनीतिक स्थिरता : पशुपति शमशेर राणा

काठमाडौं, १७ भदौ । झण्डै दुई तिहाई नजिकको बहुमत प्राप्त ओली नेतृत्वको सरकारबाट नेपाली जनताले धेरै आशा गरेका छन् । यो कोरोना भाइरस संक्रमणको डरबाट छिटो मुक्ति खोजेका छन् । मुलुक आत्मनिर्भर भएको देख्न चाहेका छन् । नेताको जस्तै जनताको जीवनस्तर माथि उठेको देख्न चाहेका छन् । तर अवस्था हेर्दा जनचाहना पूरा हुने छांट देखिएको छैन । सरकार पार्टी भित्रको अन्तरद्वन्द्वमा फसेको र कोरोना संक्रमण त्रासले मुलुकलाई गाँजेकोले जनताको अपेक्षा अधूरै हुने देखिन्छ । सोचे जस्तो राजनीतिक स्थिरता नदेखिंदा पनि जनता निराश देखिएका छन् ।

यिनै सेरोफेरोमा नेपालका पुराना राजनीतिज्ञ मध्येका एक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री पशुपति शमशेर राणासँग पञ्चायतकाल, बहुदलीयकाल र गणतन्त्र आइसकेपछि तुलनात्मक रुपमा देखिएको फरककाबारेमा कुराकानी गरेका छौं । पशुपति शमशेर, राणा शासनकालका अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणाका नाति हुनुहुन्छ । प्रस्तुत छ, नेता राणासँग माउण्टेन टेलिभिजनका समाचार प्रमुख चन्द्र बानियाँले गर्नु भएको अन्तर्वार्ता ।

प्रश्न : ८० वर्ष पुग्न लाग्नु भयो । राजनीतिबाट कहिले सन्यास लिने ?
उत्तर : अझै केही वर्ष राजनीतिमै लाग्छु । केही बाँकी काम गर्नु छ ।

प्रश्न : नेतृत्वमा युवाहरु आउनु पर्छ भन्ने माग बढ्दैछ । तपाईहरु उमेरको अन्तिमसम्म पनि पार्टी अध्यक्ष या सक्रिय राजनीति छोड्नु हुन्न, किन ?
उत्तर : युवाहरुलाई त संधै खुला नै छ नि । नेतृत्व लिन तयार भएर आउँछन् भने दिने हो । तयार नभएसम्म त सक्रिय हुनै प¥यो नि ।

प्रश्न : पंचायतकाल, बहुदलीयकालदेखि गणतन्त्रसम्म सक्रिय राजनीतिमा हुनुहुन्छ । पटक पटक मन्त्री हुनु भयो । राष्ट्रको लागि सम्झना लायक के योगदान दिनु भयो ?
उत्तर : २०४६ सालमा आन्दोलनरत पक्ष र तत्कालिन राजाबीच सम्झौताको वातावरण मैले बनाएको हो । महाकाली सन्धी मेरै पालामा भएको हो ?

प्रश्न : महाकाली सन्धी त राष्ट्रघाती भन्छन नि ?
उत्तर : कसरी राष्ट्रघाती ? म जलश्रोत मन्त्री हुँदा सम्झौता गरेको हो । कार्यान्वयनमा नआउनु दुःखद हो ।

प्रश्न : पञ्चायतकाल र अहिलेको व्यवस्था तुलना गर्दा के फरक पाउनु हुन्छ ?
उत्तर : त्यतिबेला डर थियो, अनुशासन बढी थियो । अस्थिरता थिएन । तर अहिले डर छैन । अस्थिरता बढी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतामा ढिलाई, छिमेकी देशसँग नेपालको सम्बन्ध र पशुपति शमशेर राणाको राजनीतिक उत्तराधिकारी को ? भन्ने लगायतका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राणासँग गरिएको अन्तर्वार्ताको पूरा भिडियो हेर्न तलको लिंकमा जान सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);