राप्रपा अध्यक्ष थापा स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा अध्यक्ष थापा स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले राप्रपाको स्थानीय तह निर्वाचन परिचालन समितिको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।

साथै अध्यक्ष थापाले अरु अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये एकले सो जिम्मेवारी लिन वा अन्य वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु । अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु। ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);