राप्रपा दिशाहिन भएकाले नयाँ पार्टी गठन : राणा | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

राप्रपा दिशाहिन भएकाले नयाँ पार्टी गठन : राणा

२३ साउन, काठमाडौँ । नवगठित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी दिशाहिन अवस्थाबाट गुज्रिएकाले नयाँ पार्टी गठन गर्नु परेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले दुई चरणको स्थानीय तह निर्वाचनबाट कमल थापाले जनताको विश्वास गुमाई सकेको पुष्टि भएपछि नयाँ पार्टी गठन गरेर मुलुकलाई नयाँ सोचका साथ अघि बढाउने निर्णय लिनु परेको बताए ।

अध्यक्ष राणाले आफ्नो पार्टीले राष्ट्रवादी, प्रजातान्त्रिक मूलधारको प्रतिनिधित्व गर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र नेतृत्वको स्वार्थलाई मात्रै प्राथमिकता दिने प्रवृतिले प्रश्रय पाएपछि पार्टीबाट अलग हुने निर्णयमा पुगिएको हो उनले भने ।

अध्यक्ष राणाले नयाँ पार्टीलाई पारदर्शी ढंगले संचालन गरिने बताए । कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका राणाले आईतबार नयाँ पार्टी गठन गरेका छन् ।