राप्रपा फुट्यो, पशुपति शम्शेरले नयाँ दल खोले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २२ साउन । तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकता भएको ८ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । पार्टी फुटेसँगै पशुपतिशम्शेर राणाले आजै नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न निवेदन दिएका छन् ।

तत्काल नयाँ पार्टीको नेतृत्व राणाले गर्ने छन् । राणाले नयाँ पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ राख्ने भएका छन् । मंसिर महिनामा कमल थापाको राप्रपा नेपाल र राप्रपाबीच एकिकरण भएको थियो ।

पार्टी फुटेसँगै दीपक बोहरा, सुनिल थापा, विक्रम पाण्डेसहितका नेताहरू पशुपतिशम्शेर राणातिर आएका छन् । विगत केही समयदेखि राणा पक्षधर केही नेता कमल थापासँग रुष्ट भएका थिए । यस अघि कमल थापाको कार्यशैली प्रति असन्तोष व्यक्त गर्दै नेता प्रकाशचन्द्र लोहनीले छुट्टै दल खोलि सकेका छन् । पशुपति शम्शेर राणालाई २२ जना सांसदले साथ दिएका छन् भने कमल थापासँग १५ सांसद हुने छन्। पशुपति शम्शेर राणाले नयाँ पार्टी खोलेसँगै राप्रपा तीन टुक्रा भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);