कमल थापा नेतृत्वको राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कमल थापा नेतृत्वको राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Kamal-Thapa-

२४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारले पार्टी फुटाउन मुख्य भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । राप्रपाको आज बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले पार्टी फुटाउन मुख्य भूमिका खेलेको आरोप लगाउँदै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

मधेसका समस्या समाधान गर्न सरकार उदासिन रहेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको, पृथ्वी नारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउने कार्यलाई उपेक्षा गरेका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको राप्रपाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

 

तत्कालीन राप्रपा नेपाल र राप्रपाबीच एकता भएको ८ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी गत आइतबार फुटेको थियो । पार्टी फुटेसँगै पशुपतिशमशेर राणाले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नामको दल खोलिसकेका छन् । मंसिर महिनामा कमल थापाको राप्रपा नेपाल र राप्रपाबीच एकिकरण भएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);