राप्रपा सरकारमा जाने निर्णय, नयाँ गृह मन्त्रीमा कमल थापा ! अब के गर्छ माओवादी ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्तत सरकारमा जाने भएको छ। आज राप्रपाको आकस्मिकरुपमा बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा जाने निर्णय गरेको राप्रपाका एक नेताले बताएका छन्।

प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिने जनाइसकेका छन्। अहिले बैठक जारी छ। सरकारमा जाने विषयमा गरिएको निर्णय पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सार्वजनिक गरिने राप्रपाका सहायक महामन्त्री राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले बताएका छन्।

यता नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेको माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टीसँग चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्म जाने निर्णय गरिसकेको छ। तर सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। प्रचण्डले – ‘हामी समर्थन फिर्ता लिदैनौँ आवश्यक परे सरकार छोड्न तयार छौँ।’ भनेका छन्।

प्रचण्डले भनेजस्तै राप्रपाको सरकारमा जाने निर्णयसँगै अब माओवादी केन्द्रले सहजै मन्त्री फिर्ता बोलाउँला वा प्रधानमन्त्रीले अन्य कुनै कदल चाल्लान् ? त्यो भने आउने समयले बताउला ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);