समर्थन मात्र हो, सरकारमा सहभागी हुँदैनौँ : अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाण्डौँ, २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई निशर्त समर्थन गरेको बताउँदै तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका छन् ।

माओवादी नेता जनार्दन शर्मालाई हटाएर कमल थापाले राप्रपा सरकारमा सहभागी हुने कुरा बाहिरी हल्ला मात्रै भएको बताएका छन् ।
मंगलवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका हुन् । सोमबार राप्रपा सरकारमा सहभागी हुने खबर बाहिरिएको थियो ।

गृहमन्त्री बन्न लागेको चर्चा भइरहेका बेला अध्यक्ष थापाले भने सरकारलाई निशर्त समर्थन मात्र गरेको जिकिर गरेका हुन् ।

बाहिर हल्ला भएजस्तो गरी सरकारमा सहभागी हुने विषयमा अहिलेसम्म नसोचेको उनले बताएका छन् ।

उनले तोकिएको समयमा चुनाव गराउने एक मात्रै शर्त आफ्नो पार्टीको रहेकाले मन्त्री बन्नका लागि पार्टीले सरकारलाई सर्मथन नगरेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);