चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चाँडै सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।

पार्टी गठनपछि बिहीबार पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा सहभागी हुने घोषणा गरेका हुन् । केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाई थियो ।

साथै अध्यक्ष नेपालले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताएका छन् । उनले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे ।

नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे ।

सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सात विषयलाई आफ्नो पार्टीले महत्व दिने उनको भनाई थियो । एकीकृत समाजवादी पार्टीले सरकारी जागिर खानेलाई पार्टीको सदस्यता वितरण नगर्ने नीति लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिए । उनले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप पनि लगाए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);