छलपलमै राप्रपा, धर्मलाई नै अफिमको संज्ञा दिने बामपन्थीसँग होला गठबन्धन ? | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

काठमाडौं, १८ असोज । मंगलबार एकाएक नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेल भएपछि रातारात राजनीति चलाएमान बनेको छ। बाम तालमेलमा अरु बामपन्थी दललाई समेट्ने प्रयास भइरहेको छ भने नेपाली काँग्रेससंग प्रजातान्त्रिक धारका पार्टीहरु जोडिने सम्भावना छ।

कांग्रेस पछिको ठुलो तथा पाँचौ ठुलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कता लाग्ला भन्ने प्रश्नमा राप्रपाका नेता दिलनाथ गिरीले बिहीबारसम्म पार्टीले निर्णय लिने बताएका छन्। गिरीले काँग्रेस र एमाले दुवैतिर छलफल चलिरहेको बताएका छन् । उनले पार्टी आन्तरिक छलफलमा जुटिरहेको र संगसंगै दलहरुसंग पनि छलफल चलिरहेकाले बिहिबारभित्रै निर्णयमा पुग्ने बताए।

राप्रपा अध्यक्ष कमल थापासंग काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका थिए। थापा काँग्रेससँग भन्दा एमालेसँग नजिक देखिन्छन्। राप्रपाले यहि असोज २३ गते काठमाडौँ उपत्यकामा हिन्दू राष्ट्रको पक्षमा विभिन्न कार्यक्रम गर्दैछ। तर धर्मलाई नै अफिमको संज्ञा दिने बामपन्थीसँग कमल थापाको पार्टी जाला त ? भन्ने प्रश्न पनि उठिरहेको छ।