चुनावी रणनीतिबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेसको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

चुनावी रणनीतिबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेसको बैठक सुरु

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र चुनावी तयारी बारे छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कार्यसम्पादन समितिको बैठक करिब डेढ घण्टापछि मात्रै सुरु भएको हो।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेलको घोषणा भएपछि सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आगामी प्रदेश र केन्द्रको चुनावका लागि रणनीति र गठबन्धनका विषयमा छलफल गर्न बैठक बोलाएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन्।

कांग्रेसले प्रजातान्त्रिक विचार मिल्ने राप्रपा, राप्रपा प्रजातान्त्रिक, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगाएतका दलसँग चुनावी तालमेलका विषयमा अनौपचारिक छलफल अगाडि बढाएको छ।

 

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि