वाम एकतापछि : एमाले ९९ र माओवादीले ६६ ठाउँमा उम्मेद्वारी दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं १८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच चुनावी तालमेलका लागि हिजो भएको सम्झौता अनुसार आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेले ९९ र माओवादी केन्द्रले ६६ स्थानमा उम्मेदवार उठाउने तयारी थालेका छन्।

कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये एमालेले ६० प्रतिशत अर्थात ९९ क्षेत्रमा उम्मेदवार उठाउने भएको हो। ४० प्रतिशत हिस्सा पाएको माओवादी केन्द्रले ६६ स्थानमा उम्मेदवार उठाउन पाउने छ।

एमाले र माओवादीले बाडफाड गरेका ६०/४० को हिस्साबाटै डा. बाबुराम भट्टराइ नेतृत्वको नयाँ शक्ति र हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहले प्रत्यक्ष तर्फको क्षेत्र पाउने छन् । राजपाबाट अलगिएका त्रिपाठी लगायतका नेताले एमालेको चुनाव चिह्न सूर्य लिएर चुनाव लड्ने सहमति गरिसकेका छन्।

काठमाडौं उपत्यकामा रहेका १५ सिट मध्ये माओवादीले कम्तिमा ६ वटा क्षेत्रमा उम्मेदवारी उठाउने भएको छ। काठमाडौंका १० मध्ये ४ तथा भक्तपुर र ललितपुरका ५ मध्ये २ क्षेत्र एमालेले माओवादीलाई छाड्ने छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);