कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए । 

हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ  तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ । 

पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ । पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा  बैठक आजै सकिने नत्र भोलीसम्म चल्ने उनले बताए । 

कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गरेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);