कांग्रेस कार्यसम्पादन समितिको बैठक विधान अनुसार किन बस्न सक्दैन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

कांग्रेस कार्यसम्पादन समितिको बैठक विधान अनुसार किन बस्न सक्दैन

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको छ । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको हो । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा हुनुहुन्छ ।

जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ । कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाउनु भएको छ । प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);