हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह १२ बजे देखी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिजो स्थगित कांग्रेस केन्द्रिय कार्यसम्पादनको बैठक अपरान्ह १२ बजे देखी

काठमाडौं। आगमी ४ मंशिरका लागि तय भएको आम निर्वाचनको उम्मेदवारी छनौटका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आब्हन गरेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनको निरन्तर बैठकका कारण विहीबार अपरान्ह बोलाइएको सो बैठक बस्न नसके पछि शुक्रवार अपरान्ह १२ बजेका लागि वालुवाटारमा बैठक बोलाईएको हो । जनता समाजवादी पार्टी, नेपाल बाहेक अन्य चार राजनीतिक दलहरुको बैठक सकिएलगत्तै सो बैठक सुरु हुने कांगे्रसका नेताहरुले जनाएका छन ।

सो बैठकमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने विषयमा छलफल हुने छ । २३ असोज भित्र उम्मेदवार छनौट गरी निर्वाचन आयोगमा नाम दर्ता गराउनु पर्ने बाध्यताका बिचमा सो बैठक बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);