कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । गत बिहाबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।

सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन् । उनले भने, ‘बैठकमा सदस्यहरूले धारणा राखि सक्नु भयो अब पदाधिकारीले मात्रै बोल्न बाँकी छ ।’ पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने कांग्रेसको तयारी छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ । साथै बैठकको एजेन्डाबाहिर रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्ने संस्थागत धारणा पनि सार्वजनिक गरिसकेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);