कांग्रेसको कार्यसम्पादन समिति बैठक, चुनावी रणनीतिबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कांग्रेसको कार्यसम्पादन समिति बैठक, चुनावी रणनीतिबारे छलफल हुने

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बुधबार बस्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र चुनावी तयारी बारे छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यसम्पादन समितिको बैठक बोलाइएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन्।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी तालमेल गर्ने भएपछि कांग्रेसले पनि चुनावका लागि रणनीति बनाउने बैठकको मुख्य एजेण्डा रहेको पौडेलले बताए। मंगलबार तीन कम्युनस्टि पार्टीबीच चुनावी गठबन्धनसँगै पार्टी एकीकरणको घोषणा भएपछि कांग्रेसले आन्तरिक र वाह्य तयारी थालेको हो।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले हिजो मंगलबार नै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेपाल लोकतान्त्रिक फोरमकाका अध्यक्ष विजयकुमार गच्छदारसँग आगामी निर्वाचन र प्रजातान्त्रिक गठबन्धनका विषयमा छलफल गरेका थिए।

Uncategorized‐मा वर्गिकृत

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि