आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसमा छलफल

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक गठवन्धन बनाउनेबारेमा कांग्रेसमा छलफल सुरू भएकाे  छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठवन्धन बनाएर अघि बढ्नेबारेमा व्यापक छलफल गरेको छ ।

 कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले लोकतान्त्रिक धारका दलहरुसँग आजै छलफल गर्ने निर्णय गरेको छ । कांग्रेस नेता बिमलेन्द्र निधिका अनुसार आज अपरान्ह साढे ४ बजेपछि संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) राष्ट्रिय जनता पार्टी नेपाललगायतका दलसँग छलफल गर्ने निर्णय भएको छ ।

हिजोमात्रै प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नयाँ शक्ति नेपालबीच चुनावी तालमेल तथा पार्टी एकताबारे सहमति भएपछि कांग्रेसले पनि मोर्चाबन्दीको तयारी थालेको हो ।

बैठकमा कांग्रेस नेताहरुले कम्युनिष्ट एकीकरण अस्वभाविक भएको टिप्पणी गरेका छन् । कांग्रेस नेता निधिका अनुसार बैठकमा बोल्ने नेताहरुले कम्युनिष्ट एकीकरणका नाममा एमाले, माओवादी र नयाँ शक्तिबीच भएको ६ बुँदे सहमति संविधान कार्यान्वयनको हितमा नरहेको दाबी गरेका थिए ।

केही नेताहरुले माओवादीसँगको सत्ता गठबन्धन नै तोड्नुपर्ने आवाज उठाएका छन् । कांग्रेसले प्रजातान्त्रिक विचार मिल्ने दलसँग चुनावी तालमेलका विषयमा अनौपचारिक छलफल अगाडि बढाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);