माओवादीलाई सरकारबाट हटाउने देउवाको तयारी, गठबन्धनसँगै पुग्यो बहुमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृत्वको नयाँ लोकतान्त्रिक गठबन्धनका पार्टीबाट स्पष्ट बहुमत जुटाएर माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन्।

जासकालागि गठबन्धनका शीर्ष नेता र कानुन व्यावसायीसँगको छलफललाई देउवाले तीब्र बनाएका छन्। बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्यूले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने भनेर छलफल सुरु गर्नु भएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘माओवादी मन्त्रीको बर्खास्तीसँगै सरकार पुनर्गठन गरिनेछ, त्यसकाबारेमा छलफल भइरहेको छ।’

स्रोतका अनुसार गठबन्धनमा आबद्ध संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टी सहितका साना दलसँग देउवाले वार्ता र संवाद अघि बढाइरहेका छन्। राप्रपा प्रजातान्त्रिक र नेपाल लोकतान्त्रिक फोरम भने यस अगाडि नै सरकारमा सामेल छन्।

गठबन्धनमा मन्त्रालयको भागबण्डाबारे पनि मोटामोटी कुराकानी भएको स्रोतले बताएको छ। गठबन्धनमा आबद्ध दलका शीर्ष नेता बसेर मन्त्रालय टुंगाउने भन्दै देउवाले आफूनिकट नेतालाई विभिन्न चरणमा कुराकानी गर्नसमेत लगाइरहेका छन्।

यसरी बनाउँदै छन् देउवाले बहुमत

संविधान अनुसार सरकार टिकाउनका लागि कम्तिमा २ सय ९७ मतसहितको बहुमत चाहिन्छ । जसका लागि प्रधानमन्त्री देउवाले प्रयास गरिरहेका छन्। माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि देउवा सरकारसँग बहुमतभन्दा दुई मतमात्रै बढी हुने देखिन्छ।

गठबन्धनसँग कायम मत

कांग्रेस – २०६
राप्रपा र राप्रपा प्रजातान्त्रिक – ३७
राजपा – २४
लोकतान्त्रिक फोरम – १७
संघीय फोरम – १५

जम्माः २९९

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);