सरकार पुनर्गठनबारे छलफल गर्न नेपाली कांग्रेसको बैठक बस्दै, के होला निर्णय ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, २३ असोज । केही बेरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।

बैठकमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुलार्इ आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सीट बाँडफाँडका साथै सरकार पुनर्गठनका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्।

यस्तै बैठकमा फोरम लोकतान्त्रिकसंग पार्टी एकता गर्नेबारे पनि छलफल हुने बताइएको छ। सरकारमा सहभागी नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्ने सहमति गरेपछि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालार्इ माओवादी मन्त्री बर्खास्त गर्न पार्टीभित्र दवाव बढ्दै गएको छ।

माओवादी मन्त्रीलार्इ बर्खास्त गरेर लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुलार्इ सरकारमा सहभागि गराउनुपर्नेमा नेताहरुले जोड दिँदै आएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);