नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

maobadi

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुन लागेको हो ।

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिइएको भए पनि पार्टीका आकांक्षी नेताको संख्या धेरै देखिएपछि पार्टी स्थायी कमिटीमा छलफल हुन लागेको नेताहरुले प्रतिकृया दिएका छन् ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवासँगको मंगलवारको भेटमा प्रचण्डले साझा कार्यक्रमका साथ सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राखेको र सोही सहमतिअनुसारको खाका बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);