निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न समितिको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्न समितिको अनुरोध

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।

मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो ।

छलफलबारे जानकारी दिदैँ समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताए । उनले नेपालको एयरलाइन्स्लाई युरोपमा अझँै कालोसूचीमा राखिएको भन्दै कालोसूचीबाट हटाउनको निम्ति के कसरी काम गर्दा सहयोग पुग्छ भन्ने विषयमा छलफल गरिएको पनि जानकारी दिए ।

छलफलका क्रममा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेलले चार्टड फ्लाइटमा स्वभाविक रुपमा भाडा बढी हुने भएपनि अनियमितता भने नभएको बताए । एयरलाइन्स्को पक्षबाट कुनैपनि अनियमितता नभएको उनको दाबी छ ।

छलफलमा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेल, नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशकसहित पाँच जना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);