सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही

sawari sadhan

काठमाडौं, ३० बैशाख । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो ।

सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग बढी भाडा लिनेलाई कडा कारबाही गर्छौ।’ अनुगमनका क्रममा क्रमशः १३, १७ र १८ रुपैंयाँ भाडा कायम गरिएको दुरीमा खुद्रा पैसा छैन भन्दै फिर्ता नदिने गरेको पाइएको र त्यस्ता सवारीवालाई तुरुन्तै नियन्त्रणमा लिई कारबाही गर्ने गरेको प्रवक्ता अर्यालले बताए ।

विभागले बढी भाडा लिनेमाथि कारवाही गरी १ करोड राजस्व संकलन गरेको छ भने त्यसमध्ये २ लाख ९ हजार असुल उपर गरिसकेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);