बजारमा १ करोड २ लाख सिलिण्डर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बजारमा १ करोड २ लाख सिलिण्डर

cylinder

काठमाडौं, ३० बैशाख । खाना पकाउने एलपी ग्यास पछिल्लो तीन वर्षमा बजारमा ४० लाखले वृद्धि भएको छ । नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९५३ संख्यामा प्रमाणित गरेकोमा सिलिन्डरको संख्या अहिले एक करोड दुई लाख २२ हजार ७४३ पुगेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवको संयोजकत्वमा गठित पाँच सदस्यीय उपसमितिले गरेको अध्ययनले ५६ वटा ग्यास बोटलिङ प्लान्टमा एक करोड दुई लाख २२ हजार ७४३ संख्यामा सिलिन्डर फेला पारेको हो । उपसमितिले ५६ वटा उद्योगसँग बजारमा कति संख्यामा सिलिन्डर छन् भनेर अध्ययन गरेको थियो । उद्योगीले नयाँ सिलिन्डर बजारमा ल्याउँदा निगमसँग अनिवार्य रूपमा स्वीकृति लिनुपर्छ ।

नाकाबन्दीका वेला व्यवसायीले पुराना नसाटेर नाफा कमाउनका लागि नयाँ बजारमा पठाएकाले पनि सिलिन्डरको संख्या धेरै भएको निगमको भनाइ छ । केन्द्रीय तथ्यांक विभागका अनुसार ५४ लाख २३ हजार २९७ घरधुरीमध्ये २१ प्रतिशतले मात्र एलपी ग्यास प्रयोग गर्छन् । पौने तीन करोड जनसंख्या रहेको मुलुकममा एक करोडभन्दा बढी ग्यास सिलिन्डर आवश्यकताभन्दा धरै भएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् । आजको कारोबारमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);