एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो 

काठमाडौं। नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ।विभागका अनुसार गत आर्थिक वर्ष १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);