एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनसीसी बैंकको खुद नाफा २ अर्ब २ करोड रुपैयाँ 

काठमाडौं। गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकको खुद नाफा ५१‍.९८ प्रतिशतले ले बढेर २ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३१ दशमलब९३ प्रतिशतले बढेर ४ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ३९.१७ प्रतिशतले ले बढेर २ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८३ पैसाले बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७९ पैसा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);