भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात  | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

भारतबाट एघार महिनामा २ खर्ब ६७ अर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात 

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको हो।

सो अवधिमा नेपालले भारतबाट १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको डिजेल आयात गरेको छ। पछिल्लो ११ महिनामा ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ । विभागका अनुसार सोही समयमा ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको छ। सो अवधिमा नेपालले ४८ करोड ९७ लाख १६ हजार १४० केजी एलपीजी ग्यास आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा नेपालले भारतबाट १ खर्ब ४१ अर्ब ४० करोड १४ लाख २२ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले १ खर्ब २५ अर्ब ८९ करोड ८४ लाख २० हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास भारतबाट आयात गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);