माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के-के विषयमा हुँदैछ छलफल ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ ।

सोमबारका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो ।

आजको बैठकमा यसबारे पनि छलफल हुने तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);