लोकतान्त्रिक गठबन्धनमा सामेल हुन राप्रपाको यस्तो माग, कांग्रेसले गर्ला त पूरा ? | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनमा रहन कमल थापा नेतृत्वको राप्रपाले १५ सिट माग गरेको छ।

लोकतान्त्रिक गठबन्धनमा रहेका ६ पार्टीको कार्यदलमा राप्रपाले बुद्धिमान तामाङलाई खटाइसके पनि कांग्रेसकै कारण पार्टी फुटेको र सरकारमा सहभागी गराउने सन्दर्भमा अपमानित गरेको राप्रपाको ठहर छ।

राप्रपाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा आफ्नो हैसियतबारे प्रष्ट हुनुपर्ने बताएको छ। उसले कांग्रेस, संघीय समाजवादी फोरम र राजपापछिको चौथो हैसियत राप्रपाको रहेको दावी गरेको छ। स्रोतका अनुसार राप्रपाले प्रतिनिधिसभामा १५ र प्रदेश सभामा २५ सिट दावी गरेको हो।

‘राप्रपाले प्रतिनिधिसभाका १६५ मध्ये १५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई गठबन्धनले सघाउनुपर्ने प्रस्ताव राखेको छ। स्रोतका अनुुसार झापा, मकवानपुर, बाँके, धनुषा, पर्सा, सिरहा, सल्यान, दैलेख लगायतका जिल्लामा १ १ सिट राप्रपाले मागेको हो।