कांग्रेसले आज चुनावी सिट बाँडफाँड टुंग्याउँदै, बाम गठबन्धनको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसले आज शनिबार बेलुकासम्म लोकतान्त्रिक गठबन्धनमा रहने दलसँग चुनावी सिट संख्याको बाँडफाँड टुंग्याउने भएको छ।

लोकतान्त्रिक गठबन्धनमा रहने निर्णय गरेका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग शनिबार दिनभरी छलफल गरी प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि सिटको बाँडफाँड टुंगो लगाउने गठबन्धनका एक सदस्यले बताएका छन्।

यस्तै आज पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बाम गठबन्धनका एमाले, माओवादी र नयाँ शक्तिको संयुक्त कार्यदलको बैठकपनि बस्ने भएको छ।

ताजा समाचार