लोकतान्त्रिक र बाम दुवै गठबन्धनका कार्यदलमा अझै कुरो मिलेन, सीट संख्यामै समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, २२ असोज । आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र संघको निर्वाचनका लागि बनेका दुई ठुला लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलमा अझै कुरो मिल्न सकेको छैन। दुबै कार्यदलले गठबन्धनमा रहेका दलहरुलाई सीट संख्या मिलाउन नसक्दा उक्त विषय शीर्ष नेताको तहमै लैजाने तयारी गरेका छन्।

लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ। बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको छ।

अघिल्लो निर्वाचनमा जस्ले जितेको छ, उसैलाई दिने र प्रदेश नम्बर २ मा ५० प्रतिशत आफूले राखेर बाँकी अरु दललाई दिने प्रस्ताव कांग्रेसको। साझा न्यूनतम कार्यक्रम भोलिसम्ममा सार्वजनिक गर्ने तयारी कार्यदलको छ भने सीट संख्या २४ गतेसम्ममा टुंग्याई सक्ने बताइएको छ।

समग्र अवधारणा भने आजै सार्वजनिक गरिने तयारी भएको कार्यदलका एक सदस्यले बताए। त्यस्तै बाम गठबन्धन कार्यदलको बैठकमा पनि निर्वाचन क्षेत्रको विषयमा छलफल चलिरहेको छ। क्षेत्र निर्धारणका विषयमा सामान्य छलफल भएपनि अहिलेसम्म कुनै निर्णय नभएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);