मोरङ काँग्रेसद्वारा शेखर, सुजाता, महेश र मिनेन्द्रको नाम सिफारिस, अरु को को (सुचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विराटनगर, २२ असोज । नेपाली काँग्रेस मोरङले प्रतिनिधिसभा, प्रदेश र समानुपातिक गरी २२८ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। मोरङ जिल्लामा छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश क्षेत्र रहेको छ।

सोहीअनुरुप, क्षेत्र नं १ बाट प्रत्यक्षका लागि डिगबहादुर लिम्बू सर्बसम्मत सिफारिस भएका छन् समानुपातिक र दुई वटा प्रदेशको प्रत्यक्ष र समानुपातिकका लागि २० जनाको नाम सिफारिस गरिएको छ।

क्षेत्र नं २ बाट सुजाता कोइराला, डा मिनेन्द्र रिजाल र काशिरामलाई सिफारिस गरिएको छ भने सो क्षेत्रको समानुपातिक र प्रदेश समेत गरी ३७ जना, क्षेत्र नं ३ बाट सुनीलकुमार शर्मा, मानबहादुर लिम्बू, भौसीदेवी खवास र समानुपातिकसमेत गरी २८ जना, क्षेत्र नं–४ बाट महेश आचार्य, दिलीप गच्छदार र डा. मिनेन्द्र रिजाल र समानुपातिकसमेत गरी ३५ जनाको नाम परेको छ। उनीहरल अहिले पनि सांसद् छन्।

त्यसैगरी क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ अमृत अर्याल सर्बसम्मत एएका छन् भने समानुपातिकसमेत गरी ३९ जना, क्षेत्र नं ६ बाट डा. शेखर कोइराला, रमेशजङ्ग रायमाझी, डा. डीला संग्रोला र अशोक कोइराला सहति ६९ जनाको नाम सिफारिस गरिएको छ। सिफारिस नाम मध्ये दुई कोईराला बहालवाला सांसद् पनि हुन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);