नेपाली कांग्रेस स्याङ्जाबाट १ सय १२ जना सिफारिस, गोपालमान, धनराज र खुमाप्रसादलाई दुवै क्षेत्रबाट निम्तो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्याङ्जा, २२ असोज । प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचनका लागि कांग्रेस स्याङ्जाले एक सय १२ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ।

संघतर्फ २ निर्वाचन क्षेत्र रहेको स्याङ्जाबाट उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, सांसद् धनराज गुरुङ र खुमा प्रसाद अर्यालको नाम दुवै क्षेत्रबाट सिफारिस भएका छन्। जिल्लाका २ प्रतिनिधि सभा र ४ प्रादेशिक सभाका आकांक्षी उम्मेदवारको नामावली कांंग्रेस केन्द्रीय समितिमा सिफारिस गरेको हो।

श्रेष्ठ र गुरुङ् क्षेत्र नं १ का हुन भने अर्याल क्षेत्र नं. २ का हुन्। दुवै क्षेत्रबाट सिफारीस हुन तीन जना सफल भएका छन्। दुवै क्षेत्र र ४ प्रदेशमा को को उमेदवार बन्ने छन् भन्ने विषयमा बहस हुन थालेको छ। पार्टीले ढिलो गरी उमेदवार छनोटको मापदण्ड नबनाउदा स्याङ्जामा आकाक्षी उमेदवार बढेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);