नेकपा माओवादी केन्द्रद्वारा बाराका ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेकपा माओवादी केन्द्रद्वारा बाराका ४ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस

maobadi kendra

बारा। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रले उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्लाका ४ वटै निर्वाचन क्षेत्रको केन्द्रले उम्मेदवारको नाम सिफारिस गरेको हो । केन्द्रले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा गोपाल ठाकुर र श्याम किशोर यादबको नाम सिफारिस गरेको छ भने समानुपातिकमा युवराज लामा, मोहन खड्का, जीरीमाया बल, धनमाया वल, हेम कण सिवाकोटी, जगं बहादुर शाह, मासुम खातुन, वासु चौधरी, उर्मीला देवी र सकीना खातुनको नाम सिफारिस गरेको छ ।यस्तै क्षेत्र नम्बर २ बाट शिवचन्द्र प्रसाद कुशवाहाको एकल नाम सिफारिस गरेको छ भने समानुपातिकमा देवी प्रसाद पराचुली र मगनी मुखीयाको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नम्बर ३ बाट गीता कडेल र सोनालाल साहको नाम सिफारिस गरेको छ भने समानुपातिकमा सुनिल कुशवाहा, कुशुम ठकुरी, जयराम यादव, हरीनारायण सिंह, सजीता पटेल र मेवाजी मीयाको नाम सिफारिस गरेको छ ।यस्तै क्षेत्र नम्बर ४ क्षेत्र बहादुर श्रेष्ठ, जयराम दहाल र रामराज चौधरीको नाम सिफारिस गरेको छ भने समानुपातिकमा लिला खनाल, क्यामूदिन मंसुर, राजदेब शाह र धर्म श्रेष्ठको नाम सिफारिस गरेको छ ।पत्रकारको नाम प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवार सिफारिसप्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य पत्रकार महेश्वर अधिकारीलाई नेकपा माओवादी केन्द्र बाराले प्रदेश सभा निर्वाचनको उम्मेदवारमा सिफारिस गरेको छ। नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य समेत रहेका अधिकारी बारा क्षेत्र नम्बर १ प्रदेश क मा प्रत्यक्षतर्फ सिफारिस भएको हुन् ।

यस्तै नेपाल पत्रकार महासंघ बाराका सह सचिब रन्जन यादबलाई क्षेत्र नम्बर ४ क, कार्यसमिति सदस्य प्रदिप गौतमलाई क्षेत्र नम्बर ३ क बाट प्रदेश सभामा समानुपातिकतर्फ सिफारिस गरेका छ भने नेपाल पत्रकार महासंघ बाराका सदस्य गंभीरा सहनीलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस गरेको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);