सिराहाका चारवटै क्षेत्रमा एमालेले टुंग्यायाे उम्मेदवार  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिराहाका चारवटै क्षेत्रमा एमालेले टुंग्यायाे उम्मेदवार 

सिराहा। एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सिरहा क्षेत्र नम्वर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए । क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफरिस गरिएको छ। ‘ख’ तर्फ तीनचारजनाको नाम आएकाले समय लाग्ने यादवले बताए। निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुईजनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीनजनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ।

सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफरिस भएको छ। प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफरिस गरिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);