बारा क्षेत्र १ मा निर्वाचनको गर्मी: 'हेवी वेट’ आकांक्षी, कहाँ कस्को सम्भावना? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बारा क्षेत्र १ मा निर्वाचनको गर्मी: ‘हेवी वेट’ आकांक्षी, कहाँ कस्को सम्भावना?

 बारा। बाराको क्षेत्र १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट कसले पाउने भन्ने विषयको चर्चाले स्थान ओगटेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको चर्चाले यतिवेला चिया पसल होस् या चोकमा टिकट कसले पाउला? टिकट पाइहाले कसले जित हात पार्ला भन्ने विषयले विशेष स्थान पाउने गरेको हो । नेपाली कांग्रेस, नेकपा एस, माओवादीलगायत दलको गठबन्धनमा यस क्षेत्र नेपाली कांग्रेसको भागमा रहेको हुदाँ यहाँ एमाले र कांग्रेस बिच प्रतिस्पर्धा हुने पक्का छ । यतिवेला क्षेत्र १ बाट एमालेका दुई पोलिटब्युरो र नेपाली कांग्रेसका सह-महामन्त्रीको नाम निकै चर्चामा छ ।नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी चुनाव लड्ने तयारी गरिरहेका छन् उनको टिकट समेत पक्का भईसकेको छ । पार्टिका सहमहामन्त्री रहेका चौधरीले २०७४ मा एमाले र माओवादीसंगको गठबन्धनका उम्मेदवारलाई २ हजार ४ सय ३० मतले हराएका थिए त्यसलाई समेत मध्यनजर गर्दा उनको टिकट पक्का छ ।यता नेकपा एमालेबाट दुई पोलिटब्युरो सदस्य पूर्व मन्त्री पुरुषोत्तम पौडेल र अच्युत प्रसाद मैनाली मध्य एकले टिकट पाउने पक्का छ । बारा क्षेत्र १ मा यसअघि २०७४ मा तत्कालिन एमाले र माओवादी बाम गठबन्धनका उम्मेदवार हुन मैनाली । एमालेको लालकिल्ला भनेको यस क्षेत्रमा गठबन्धन गर्दा समेत मैनालीले २ हजार ४ सय ३० मतले नेपाली कांग्रेसका उम्मेदवार चौधरीसंग हारे तर मैनालीको चुनाब लड्ने मन भने हारेको छैन । उनी २०७४ मा भएको हारको प्रतिसोध लिन चहान्छन । यस्तै बारा क्षेत्र १ मा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले टिकट हात पारेर यस क्षेत्रबाट उनी पहिले पटक निवार्चनमा उम्मेदवार बन्ने दौडमा छन् । यस अघि बारामा ६ वटा क्षेत्र थिए त्यसबेलामा उनले क्षेत्र नम्बर ६ बाट निर्वाचनमा भाग लिएका थिए । तत्कालिन क्षेत्र नम्बर ६ र हालको क्षेत्र नम्बर १ मा भने निजगढ नगरपालिका कायम छ त्यसबहेकका सबै पालिका नँया भएको हुदाँ पौडेल यो क्षेत्रमा पहिले पटक निवार्चनमा उम्मेदवार बन्ने दौडमा छन् । हुन त पौडेलको घर निजगढ भएको हुदाँ उनको रोजाई सधै निजगढ कायम रहेको क्षेत्र रहेको देखिन्छ । स्थानीय तहको निर्वाचनतर्फ हेर्ने हो भने कांग्रेसले यस क्षेत्रबाट सोँचे जस्तो मत परिणाम ल्याउन सकेन । निजगढ, कोल्हबी र सिम्रौनगढ नगरपालिका तथा आदर्श कोटवाल र बारागढी गाँउपालिका छन । यहाँ निजगढमा एमाले, कोल्हबी काँग्रेस र सिम्रौनगढ नगरपालिकामा लेसपाले जित हात परेको छ भने आदर्श कोटवालमा काँग्रेस र बारागढी गाँउपालिकामा जसपाले जित निकालेको छ।

यता एमालेले एक्लै चुनावी मैदानमा उत्रिँदा १ स्थानीय तहमा जित हात पारेको छ भने गठबन्धन गर्दा पनि नेपाली कांग्रेसले १ नगरपालिका र १ गाँउपालिका मात्रै हात परेको हो ।आन्तरिक द्वन्द्व कारण फुटको संघारमा पुगेको एमालेलाई यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा फुटको छिटाले खासै नकारात्मक असर भने परेन । तर गठबन्धन गर्दा पनि नेपाली कांग्रेस, जसपा, माओवादीलगायत दलले खासै सोचेको जस्तो मत परिणाम ल्याउन नसकेको स्थानीय तह निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा कांग्रेस, माओवादी र एमालेको मत परिणाम कस्तो आउला भन्ने चासोको विषय बनेको हो । स्थानीय निर्वाचनमा मतदाताले आफूहरूको मनोभावना अनुसार उम्मेदवार चुन्ने र सङ्घको निर्वाचनमा पार्टीलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्ने भएकाले स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर ढुक्क पर्नु नहुनेमा नेताहरू जोड दिन्छन् ।

क्षेत्र न १ बाट कसको अपेक्षा?

बारा जिल्लाकै सबैभन्दा हेवी वेट उम्मेदवार यही क्षेत्रमा छन । बहालवाला मन्त्री देखि पुर्व मन्त्री सम्म यही क्षेत्रमा छन । बाराको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका अच्युत प्रसाद मैनालीलाई हराउदै उमाकान्त चौधरीले चुनाव जितेका थिए। तर यस पटक उनले सजिलै जित हातपर्ने भने निकै मुस्किल छ । उनको पार्टी भित्र आन्तरिक द्वन्द्व कारण निकै बिवाद देखिएको छ । आन्तरिक द्वन्द्व कारणनै एक पक्ष उनलाई हराउने दाउमा छन ।

दोस्रो संविधानसभामा साबिकको क्षेत्र नम्बर ६ बाट पुरुषोत्तम पौडेलले नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकीलाई पराजित गरेर सांसद बनेका पौडेल अहिले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट उम्मेदवार बन्ने दौडमा छन् तर २०७४ को निर्वाचनमा भने पौडेलले चुनाबमा भाग लिएनन् । उनी एमालेभित्र प्रभावशाली मानिन्छिन्। यो पटक बहालवाला मन्त्री उमाकान्त चौधरी र पुर्व मन्त्री पुरुषोत्तम पौडेल बिच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

यस बाहेक यस क्षेत्रमा स्वतन्त्र अम्मेदवारहरु समेत केही चर्चामा छन । डा. राकेश न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छिन् ।

क्षेत्र नम्बर १ क

यहाँबाट निर्वाचनको तयारीमा व्यवसायी घराना‚ बाल्यकालदेखि राजनीतिक पृष्ठभूमिबाट उदाएकाहरूले अब आउने निर्वाचनमा अपेक्षा राखेका छन् । तर गठबन्धनका कारण बारा क्षेत्र नम्बर १ क क्षेत्रबाट मधेश प्रदेशको प्रदेश सभाका निम्ती बाट नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभक पक्का छ । यस्तै एमालेबाट अच्युत प्रसाद मैनालीले प्रदेश सभा निवार्चनमा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

क्षेत्र नम्बर १ ख

नेपाली कांग्रेस, जसपा, माओवादीलगायत दलको गठबन्धनमा यस क्षेत्र जसपाको भागमा रहेको हुदाँ थियो तर पछिल्लो समय भएको एमाले र जसपाको गठबन्धनका कारण यस क्षेत्रमा कस्ले टिकट पाउछन भने पक्का भईसकेको छैन ।

बारा क्षेत्र नम्बर १ मा स्थानीय निर्वाचनमा दलहरुले पाएको मत विश्लेषणमा कसको सम्भावना कति ?

जसपा बहेकको गठबन्धन हुँदा नेपाली कांग्रेस, नेकपा एस, माओवादीलगायत दलको गठबन्धनमा झन्डै ३९ हजार भन्दा बढी मत छ । तर, यो पटक यसमा राजनीतिक माहोल फेरिएको छ ।जसपा फुटको छिटाको प्रभाव पर्ने सम्भावनाले गर्दा पनि यो पटक पौडेलको जित्ने चान्स धेरै रहेको स्थानीयहरू बताउँछन्।कांग्रेसभित्रै चौधरीसँगै संस्थापन पक्षको टक्करका कारण उनी कमजोर देखिन्छन । त्यसमा जसपाको मत समेत एमालेमा जाने हो भने एमाले गठबन्धनको मत ४५ हजार भन्दा बढी मत छ । ६ हजार मत कम रहेको सता गठबन्धनलाई चुनाबमा जित हात पार्न जसपा फुटको छिटाको प्रभाव पर्ने सम्भावनाले गर्दा पनि यो पटक पौडेलले टिकट पाए जित्ने चान्स धेरै रहेको स्थानीयहरू बताउँछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);