स्थानिय तहमा निर्वाचित काङ्ग्रेसका वागी समर्थकहरुले प्रदेशसभामा पनि वागी उम्मेदवार वनाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानिय तहमा निर्वाचित काङ्ग्रेसका वागी समर्थकहरुले प्रदेशसभामा पनि वागी उम्मेदवार वनाउने

महोत्तरी। महोत्तरी क्षेत्र न.१ क मा स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसवाट वागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ । बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पुर्व नगर सभापती युवराज पोखरेललाई अगाडि सारेको हो । यसअघी नेपाली काङ्ग्रेसले पाटीवाट बिद्रोह गरेकाहरुलाइ निर्वाचनमा सघाउन र निर्वाचनपछी कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रिय सदस्यहरुले पुन: पाटीका विरुद्ध बिद्रोहको संज्ञा दिएका छन । `पाटीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै वहाँहरुले हतार गर्नुभयो,´ केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने ` यो पनि पाटीका विरुद्ध बिद्रोह नै हो ।´ पाटीसगं कारवाही फुकुवाको लागी पटक-पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दावि छ । स्थानिय निर्वाचनमा जेब्रा चिन्हवाट निर्वाचित भएका प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने बिस्वास ब्यक्त गरे ।  ४ वटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५८८७ को  फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रवाट उम्मेदवार वनेका राजु खडकाले ८३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए ।

तर यही मतलाइ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी सारिएका  युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिपण्णी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाइ माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सवै दलहरुले सहयोग गरेका थिए ।  विशेषगरि काङ्ग्रेसवाट नै ठूलो सहयोग बटुलेका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारकोरुपमा निर्वाचित भएपनी स्वतन्त्र भन्दापनि दलगत राजनिती गरेको हुनाले उनिप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता वताउछन । `जित्न कै लागी हो भने बलियो रणनीति वनाउनुपर्छ नत्र गार्‍हो छ ।´ उन्ले भने ।क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनवाट छुट्टिएपछी जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी  वा एमाले कुन पाटीलाइ सहयोग गर्ने भन्ने निर्णय भैइनसकेको क्षेत्रीपक्षको भनाइ छ। तर नेपाली काङ्ग्रेस निकट नेताहरुले क्षेत्री पक्षले पुन: गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पुर्णरुपमा बन्द हुनसक्ने वताएका छन । यो बिषयमा जिल्ला सभापति नागेस्वर यादवसगं सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पाटीको लागी पुन:  बिद्रोह भएको वताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);