आज माओवादीमा प्रवेश गर्दै मालेको सिंगो प्रदेश कमिटी, यस्तो छ कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कञ्चनपुर, २१ असोज । प्रदेश नम्बर ७ को नेकपा मालेको सिंगो कमिटी नेकपा माओवादी केन्द्रमा समाहित हुने निर्णय गरेको छ। आज शनिबार एक समारोहबीच माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने भएका छन्।

बाम पार्टीहरुबीच धुव्रीकरण भइरहेका बेला ७ नम्बर प्रदेशमा माले र माओवादीबीच पार्टी एकीकरण भएको हो। माओवादीको केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य तथा ७ नम्बर प्रदेशका प्रचार प्रसार विभाग प्रमुख ओमविक्रम भाट र माले केन्द्रीय सदस्य कलशा महराबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो।

माओवादीका नेता भाटले ७ नम्बर प्रदेशमा मालेको सिंगो पार्टी नेकपा माओवादी केन्द्रमा समाहित भएको बताए। उनका अनुसार दुई क्रान्तिकारी कम्युनिष्ट पार्टी अलग नभई अबदेखि नेकपा माओवादी केन्द्रमा समाहित हुँदै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा जुट्ने बताएका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);