एमालेको त्यो विभााजन र यो विभाजन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेको त्यो विभााजन र यो विभाजन

काठमाडौं । वि.सं.०४६ सालको आन्दोलनपछि एमाले दोस्रो पटक विभााजनको डिलमा पुगेको छ ।

०४७ सालमा तत्कालीन माले र माक्र्सवादी एकीकरण भएर एमाले बनेपछि सो पार्टीको नेतृत्व कार्यकारी हिसाबमा मदन भण्डारी र राजनीतिक हिसाबमा मनमोहन अधिकारीले गरेका थिए । यसमा पद र पावरका हिसाबमा मदन भण्डारी सबै भन्दा शक्तिशाली महासचिव थिए । तर उनी दम्भी, घमण्डी र कुण्ठाग्रस्त थिएनन् ।

त्यसैले पार्टी एकीकरणको बेला भण्डारीले छाती फुलाएर प्रस्ताव राखे –अबको अध्यक्ष मनमोहन अधिकारी । एकीकरण बैठकमा बसेका माले– माक्र्सवादीका नेता कसैले पनि मनहमोहनको नाममा असहमति जनाएनन् । सबैले ताली पिटे । त्यसैगरी सर्वसम्मत महासचिव बने मदनभण्डारी । यो क्षमता भईकन मदन भण्डारीको त्याग थियो । उनले यसको शक्तिकेन्द्र मै हुन्छु भनेका भए केहीले रोक्ने थिएन ।

मदन भण्डारीले २०४७ को आम चुनावमा काठमाडौ – १ र ७ बाट आम चुनाव जिते । त्यो पनि दुबै क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई हराएर । त्यसमा उनले कुनै दम्भ गरेनन् । कुनै बडेमानको फोटो सडकमा थिएन । उत्ताउलो नारा र झुण्ड थिएन ।

मदन भण्डारीको निधन पनि एमाले भित्र गाईगुई विवाद सुरु भयो । महाकाली सन्धीको पक्ष र विपक्षमा संसदमा फ्लोरक्रस भयो । यसैबाट सुरु भयो एमाले विभाजनको विरुवा ।

बामदेव गौतमको नेतृत्वमा पार्टी विभाजनको सुरु भयो । संसदमा रहेका ८८ सांसद मध्ये ४४ बामदेव गौतमको पक्षमा लागेका थिए । केन्द्रीय समितिमा समेत ४० प्रतिशत आरामले पुगेको थियो । त्यसकारण तत्कालीन एमाले विभाजन भयो ।

उसलाई निर्वाचन आयोगले नेकपा माले नाम दिएर चुनाव चिन्ह तारा दियो । उर्लदो भेलका गौतमलाई तत्कालीन सरकार पक्षको समेत सहयोग थियो । त्यसकारण उनले चुनावमा जाने निर्णय गरे ।

गौतमको चुनाव भोगाई सजिलो थिएन । केन्द्रमा जति सांसद र नेता भएपनि तल्लो तह ग्रास रुट उनको पक्षमा थिएन । एमालेको वर्तमान अध्यक्ष केपी शर्मा ओलीले चुनाव अघि मालेको चुनावी आंकलनबारे टिप्पणी गर्दै भनेका थिए– देशभरीबाट मालेको सान्दार शून्य सिट आँउछ । नभन्दै ओलीको आंकलनले मेल खायो । मालेको देशभरीबाट सान्दार शून्य सिट आयो ।

त्यो एमाले अहिले दोस्रो पटक विभाजनको डिलमा पुगेको छ । तर यसका पात्र र प्रवृत्ति फेरिएका छन् । माधव नेपालका ठाँउमा केपी ओली छन् भने बामदेवका ठाँउमा माधव नेपाल छन् । गौतमले पार्टी विभाजन गर्ने बेलामा उनीसंग सांसद र केन्द्रीय समितिको ठूलो समूह थियो । ग्रासरुट थिएन । अहिले माधव नेपालसंग सांसद र नेताको लर्को कम छ तर ग्रास रुट ओली नेपालको आधा आधा जस्तो छ । त्यसकारण अब आउने चुनावमा ओली वा नेपालले जित्न नसक्ला । तर दुबै पक्षका नेताहरु हार्ने निश्चित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);