माओवादीले सरकार नढाल्ने बरु आवश्यक परे सरकार छोड्ने प्रचण्डको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

काठमाडौं, २१ असोज । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीले सरकार नढाल्ने बरु आवश्यक परे सरकार छोड्ने उद्घोष गरेका छन्।

आज (शनिबार) बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो।

यसले सरकारलाई कुनै असर गर्दैन।’ उनले माओवादी केन्द्र सरकार ढालेर निर्वाचन प्रभावित बनाउने पक्षमा नरहेको बताए। ‘हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं,’ उनले भने, ‘तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौं। ‘हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो।’