वामपन्थीहरुलाई भन्दा चुनावको चिन्ता हामीलाई छ: मन्त्री विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १ कार्तिक । वाणिज्यमन्त्री मिन विश्वकर्माले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हुने स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले निर्वाचन हुँदैन कि भनेर शंका गर्ने आधार नै नभएको जिकिर गरेका हुन् ।

उनले थपे,‘निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौं, हामीसँग ७० वर्षको निर्वाचन अनुभव छ, हामी निर्वाचनबाट कुनैपनि हालतमा डराउँदैनौं, अहिलेसम्म हामीले कहिले दुई तिहाईपनि ल्याएका छौं, कहिले एक तिहाईमै पनि खुम्चिएका छौं, बरु एमाले र माओवादी केन्द्र मिलेर उम्मेद्धवार दर्ता मनोनयनको मिति सार्न आग्रह गरेका थिए, तर प्रधानमन्त्रीले निर्वाचन गराउने कुराबाट कोही पछि हट्नुहुँदैन भनेर तीनीहरुको प्रस्ताव ठाडै अस्विकार गर्नुभएको थियो, यसले के बुझिन्छ भने एमाले र माओवादीले चुनाव सार्न खोजेका थिए ।’

कार्यक्रममा बोल्दै उनले आफूहरुले तोकिएकै मितिमा चुनाव गराउने विश्वास दिलाए । निर्वाचन आयोगलाई निर्वाचन समयमै सम्पन्न गराउनको लागि जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको उनले बताए ।

मओवादी केन्द्रका मन्त्रीहरुले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘हरेक मान्छेहरु आउने बेलामा प्रशंसा गर्छन तर छोड्ने बेलामा रिसाएर जान्छन्, यो स्वभाविक कुरा हो, माओवादीका मन्त्रीहरुले आलोचना गर्नु नौलो होइन ।

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन नाटकीय भएको र निर्वाचनको मुखमा सरकार ढाल्ने षड्यन्त्र भएकोले आफूहरुले अरु दलको समर्थन लिएको स्पष्ट पारे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);