बिना विभागीय मन्त्रीहरु अब एउटै कक्षमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाण्डौँ, १ कात्र्तिक । बिना विभागीय मन्त्रीहरुलाई प्रधानमन्त्रीको कार्यालयको बैठक कक्षमा बस्ने व्यवस्था मिलाईएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्रीमण्डलमा सामेल मन्त्रीलाई जिम्मेवारी बिहीन बनाएपछि तीनै मन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सह सचिब तथा प्रबक्ता हरि प्रसाद पन्थीले दस जना मन्त्रीहरुको लागि प्रधानमन्त्री कार्यालयको २ सय १८ नम्बरको बैठक कक्षमा व्यवस्था मिलाइएको जानकारी दिए ।सरकारमा रहेको माओवादी तर्फका मन्त्रीहरूले उपप्रधानसहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए । प्रधानमन्त्री कार्यालयले राज्यमन्त्रीका लागि भने बस्ने व्यवस्था मिलाएको छैन ।

बिना विभागीय मन्त्रिहरुले प्रधानमन्त्रीको निर्देशनमा काम गर्नु पर्ने प्रावधान छ । मन्त्रि परिषद्को बैठकमा सहभागी हुने हकमा प्रधानमन्त्रिको इच्छाशक्तिमा भर पर्ने गरेको भएपनि विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदको बैठकमा छलफल हुने बिषय बारे भने जानकारी दिइने गरिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);