समानुपातिक उम्मेदवारी सच्याउन माग गर्दै राजपा असन्तुष्ट पक्षको धर्ना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाण्डौँ, १ कात्र्तिक । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले दिएको नेपालका असन्तुष्ट पक्षले पार्टी केन्द्रिय कार्यालय, बबरमहलमा धर्ना दिन सुरु गरेका छन् ।

पार्टीका नेता कार्यकर्ताको अपमान हुनेगरी समानुपातिकतर्फको उम्मेदवार तय गरिएको भन्दै सच्याउन दवाव दिने उद्देश्यका साथ असन्तुष्ट पक्षले बुधबारबाट पार्टी केन्द्रिय कार्यालयमै दैनिक ३ घण्टे धर्ना कार्यक्रम सुरु गरेका हुन । पार्टीमा योगदान दिनेहरुलाई अपमान हुने गरी समानुपातिक तर्फको उम्मेदवारी चयन भएपछि त्यसलाई सच्याउन माग गर्दै धर्ना कार्यक्रम संचालन गर्नु परेको असन्तुष्ट पक्षका नेता केशव झाले जानकारी दिए । उनले नामै नसुनेकाहरुलाई उम्मेदवारको सूचीमा राखेकोमा आपत्ति जनाउँदै सो सम्बन्धमा छलफल गर्न तत्काल केन्द्रिय निर्वाचन समिति गठन गर्न पनि पार्टी नेतृत्वसँग माग गरे । समानुपातिक उम्मेदवारको सूची तयार पार्दा पार्टीको पोर्टफोलियोलाई समेत ध्यान नदिएको असन्तुष्ट पक्षको आरोप छ ।

राष्ट्रिय जनता पार्टी, नेपालले प्रतिनिधि सभाका लागि १ सय १० वटै स्थानमा समानुपातिकतर्फको उम्मेदवारी दिएको छ भने प्रदेश नम्बर ४ बाहेकका अन्य प्रदेशहरुमा पनि समानुपातिक तर्फको उम्मेदवारी दिएको छ । असन्तुष्ट पक्षले भने पार्टीले उम्मेदवारी चयन गर्दा न्याय नगरेको भन्दै विरोधस्वरुप धर्ना कार्यक्रम सुरु गरेको हो । ४ दिन लगातार धर्ना दिँदा पनि पार्टीले आफूहरुको माग सम्बोधन नगरे रिले अनसन लगायतका आन्दोलनको कार्यक्रम सुरु गर्ने असन्तुष्ट पक्षको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);